हामीसँग जोडिनुहोस

कश्मीरको अवस्था बुझ्न गएका राहुल गान्धीलाई विमानस्थलबाटै फर्काइयो

1 मिनेट

८ भाद्र २०७६ । भारतीय राष्ट्रिय कंग्रेस नेता राहुल गान्धी भारतका आठ विपक्षी दलका ११ नेतासँग शनिबार श्रीनगर पुगेका थिए । तर प्रशासनले तिनलाई विमानस्थलबाट बाहिर निस्कन अनुमति दिइएन । केही समयको विवादपछि उनीहरुलाई विमानस्थलबाटै दिल्ली फकाईएको थियो ।
जम्मू–कश्मीरबाट धारा ३७० हटाइएपछि पहिलो पटक विपक्षी नेताको प्रतिनिधिमण्डल राज्यको यात्रामा गएका थिए । दिल्ली फर्किएपछि राहुलले कश्मीरको अवस्था सामान्य नरहेको प्रतिक्रिया दिनुभएको छ ।

“ केही दिन पहिले गर्भनरलजम्मू–कश्मीर आउने निम्तो दिनुभएको थियो । हामी कश्मीरका जनताको अवस्था बुझ्न चाहन्थ्यौँ ।
”, उहाँले भन्नुभयो
“ तर हामीलाई श्रीनगरको विमानस्थलबाट बाहिर जान अनुमति दिइएन । हामीसँग दुर्व्यवहार गरियो र सञ्चारकर्मीलाई पिटियो । यसले जम्मू–कश्मीरको अवस्था सामान्य नभएको देखाउँछ ।

राहुलसँगै कश्मीर गएका गुलाम नबी आजादले कश्मीरको अवस्था डरलाग्दो भएको बताउनुभयो । उनले विमानमा सँगै यात्रारत केही कश्मीरी यात्रुले बताएको दुःखद अवस्थाले ढुङ्गालाई पनि रुवाउने बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।