
९ भाद्र २०७६ । ईङ्ल्याण्डमा जारी एशेज टेष्ट श्रृखंलाको तेस्रो टेष्टमा १ विकेटले बिजयी भएको ईङल्याण्ड टोलीका खेलाडी ज्याक लिचलाई एक चस्मा कम्पनीले आजिवन सित्तैमा चस्मा उपलब्ध गराउने भएको छ ।
ईङल्याण्डलाई बिजयी गराउने क्रममा लिचले अन्तिम विकेटका लागि बेन स्टोक्ससँग ७६ रनको साझेदारी गरेका थिए । उनले उक्त साझेदारीको कर्ममा आफ्नो चस्मा निरन्तर पुछिरहेका थिए । चस्मा बाफिए पछि उनले चस्मा पुछिरहेका थिए।
स्पेक सेभर्स नामक कम्पनीले लिचलाई आजिवन चस्मा उपलब्ध गराउने जनाएको हो। लिचले उक्त साझैदारीमा १७ बलमा १ रन बनाएका थिए ।