हामीसँग जोडिनुहोस

यामाहाको नेकेड बाइक एमटी१५ बजारमा, मूल्य ४ लाख २४ हजार

1 मिनेट

९ भाद्र २०७६ । यामाहाको नेकेड बाइक एमटी१५ बजारमा सार्वजनिक गरिएको छ । कम्पनीको लागि आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले यमाहा एमटी १५ बाइक औपचारिक रुपमा नेपाली बजारमा सार्वजनिक गरेको हो । नयाँ एमटी १५ मा लिल्डि फोर स्ट्रोक, एसओएचसी, ४ भल्भ, ६ स्पिड ट्रान्समिसन भएको १ सय ५५ सीसीको फ्युल इन्जेक्टेड इन्जिन रहेको छ । त्यस्तै भेरिएबल भल्भ एक्च्युएसन (भीभीए) र असिस्ट एण्ड स्लिपर (एएण्डएस) क्लचजस्ता अत्याधुनिक प्रविधि बाइकमा रहेको बताइएको छ।
कम्पनीका अनुसार एमटी भनेको मास्टर अफ टर्क हो। यो सिरिजका यामाहा मोटरसाइकल पावर र एजाइलिटीका लागि प्रसिद्ध रहेको छ। हाइपर नेकेड प्लेटफर्ममा बनेको यो बाइकमा प्रयोग भएको फ्युल इन्जेक्टेड इन्जिनले १० हजार आरपीएममा अधिकतम १९.३ पीएस शक्ति र ८५ सय आरपीएममा अधिकतम १४.७ एनएम टर्क उत्पन्न गर्छ। विशेषगरी युवा राइडरलाई लक्षित गरी यो बाइक नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ। कम र मध्यम आरपीएममा पनि टर्कमा अधिकतम क्षमता दिने कम्पनीको दाबी छ।
यो बाइकको मूल्य ४ लाख २४ हजार नौ सय रुपैयाँ तोकिएको छ। मेटालिक ब्ल्याक र डार्क म्याट ब्लु गरी दुई रंगमा यो बाइक उपलब्ध रहेको छ। बाइकको तौल १ सय ३८ किलोग्राम रहेको छ। यसमा ग्राउन्ड क्लियरेन्स १ सय ५५ एमएम छ भने इन्जिन वार्म अपटाइम कम गर्न थर्मोस्याट कुलिङ सिस्टम जडान गरिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।