हामीसँग जोडिनुहोस

पूर्वी नेपालमा मनसुनी वर्षा शुरु, देशभर फैलिन केही दिन लाग्ने

1 मिनेट

महाशाखाका मौसमविद् मीनकुमार अर्यालले पूर्वी भागमा मनसुन प्रवेशपछि वर्षा सुरु भएको बताए । ‘ताप्लेजुङ, झापा, ईलाम, तेह्रथुम हुँदै मोरङसम्मै मनसुनी गतिविधिस्वरुप वर्षा भएको छ’ अर्यालले कान्तिपुरसित भने, ‘मध्य भागसम्मै मनसुनी गतिविधि देखिएको छ ।’

वर्षभरीका अन्य समयमा पश्चिम वायु प्रभावकारी हुने भए पनि मनसुनका बखत् भने पूर्वी वायु सक्रिय हुन्छ । पूर्वी क्षेत्रबाटै मनसुन प्रवेश हुन्छ । महाशाखाले दिउँसो वरिष्ठ मौसमविद र मनसुनी गतिविधिबारे विस्तृत विश्लेषण गरी औपचारिक रुपमा मनसुन सुरु भएको घोषणा गर्ने तयारी गरेको छ ।

‘अहिलेको मनसुनी गतिविधिको ‘स्ट्रेन्थ’ कति हो । वायुमण्डलमा हुनुपर्ने सबै गतिविधि भएको छ/छैन सबै अध्ययन गरिरहेका छौं,’ उनले थपे, ‘सतहको दुई किमि माथिसम्म दक्षिण पूर्वी वायु भए/नभएको, न्युनचापीय रेखा (मनसु ट्रफ लाइन) र बंगालको खाडीमा सर्कुलेसन कति देखा पर्‍यो सबै विश्लेषण गर्छौं ।’

दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको डेढ महिना अघि काठमाडौंमा भएको सम्मेलनले यो वर्ष नेपालमा पूर्वी भागमा औसत भन्दा कम वर्षा हुने आँकलन गरेको छ । मध्ये र पश्चिम भागमा भने औशत वर्षा हुने अनुमान गरिएको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।