हामीसँग जोडिनुहोस

स्वास्थ्यकर्मीहरुलाई आफू खटिएको कार्यालय तथा जिम्मेवारीमा धैर्यताका साथ सेवा प्रवाहमा खटिरहन अनुरोध

1 मिनेट

नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट कर्मचारी समायोजन ऐन, २०७५ अनुसार स्वास्थ्य सेवाका सबै समूह तथा उपसमूहका कर्मचारीहरुलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन सम्बन्धी काम सम्पन्न हुने क्रममा यस मन्त्रालय अन्तर्गतका कर्मचारीहरुको समायोजन उपरको गुनासो संकलन गरी त्यस्ता गुनासाहरुको आवश्यक सम्बोधन गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सो समेतको सूची प्राप्त भएको छ । प्राप्त हुन आएको सूची अनुसार सबै समायोजनको विवरण अद्यावधिक गर्ने काम भईरहेको हुँदा सबै स्वास्थ्यकर्मीहरुलाई आफू खटिएको कार्यालय तथा जिम्मेवारीमा धैर्यताका साथ सेवा प्रवाहमा खटिरहन अनुरोध गरिएको छ ।
साथै सम्बन्धित विभागीय प्रमुख, निर्देशक, कार्यालय प्रमुखहरुले पनि समायोजनको पत्र प्राप्त नहुँदा सम्म आफू मातहतका कर्मचारीहरुलाई आफू खटिएकै कार्यालयबाट सेवा प्रवाह सूचारु गराई यस मन्त्रालय मार्फत आम नागरिकलाई पुयाउने सेवा सुविधा सुनिश्चित गर्न गराउन आ–आफ्नो ठाउँ र जिम्मेवारीमा कार्यरत रहीरहन हुन यसै सूचनाद्वारा जानकारी गराईएको छ ।
प्राप्त समायोजन सूचीमा गुनासो सम्बोधनबाट प्राप्त हुन आएको विवरण अद्यावधिक गर्ने कार्य सँगसँगै समायोजन भएका पदनामका कर्मचारीहरुको समायोजन पत्र कार्यरत कार्यालयमा नै पठाउने गरी आवश्यक व्यवस्था मिलाईएको छ । तसर्थ समायोजनको सम्वन्धमा कसैको वहकाउ तथा भ्रममा नपरी सेवारत रहनु हुन अनुरोध गर्दै समायोजनको पत्र प्राप्त भए पछिको पदस्थापनाको कार्य सम्पन्न नभए सम्म यथावत रुपमै कार्यरत रहीरहन सम्बन्धित सबैलाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।