
१५ भाद्र २०७६ । चर्चित सुपरस्टार प्रभासद्वारा अभिनिवत एक्सन र थ्रिलर भएको सिनेमा साहोले पहिलो दिनमा नै विश्वव्यापीरुपमा १३० करोड भारु कमाएको छ । हिन्दी, तमिल, तेलेगु तथा मलयालम गरी सात भाषामा १० हजार पर्दामा एकसाथ रिलिज भएको सिनेमाले पहिलो दिन यो कमाइ गरेको हो । सिनेमाले हिन्दी संस्करणमा २४.४० करोड भारू कमाइ गरेको छ ।
यो कमाइसँगै सिनेमामा हिन्दी भाषामा यस वर्ष सर्वा्धिक पहिलो दिनको कमाइ गर्ने तेश्रो सिनेमा बनेको छ। रिलिज दिन सलमानको ’भारत’ले ४२.३० करोड कमाएको थियो भने अक्षय कुमारको ’मिशन मंगल’ २९.१६ करोड भारू कमाएको थियो ।
ज्याकी श्राफ, श्रद्धा कपुर, निल नितिन मुकेश आदिको मुख्य अभिनय रहेको यो सिनेमालाई
सुजिथले निर्देशन गरेका हुन् ।