
२१ भाद्र २०७६, भारत । भारतको महत्वकाक्षीं अन्तरिक्ष अभियान चन्द्रयान–२ असफल भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गन इसरो मुख्यालय पुग्नुभएको थियो । सम्बोधनपछि इसरो मुख्यालयबाट बाहिरिएका मोदीलाई इसरो प्रमुख कैलासवटिवु शिवनले अंगालो हालेर रोएका छन् । शिवन रुन थालेपछि मोदीले उनलाई अंगालो हालेर पिठ्युमा थपथपाएका थिए । मोदीले भावुक शिवनलाई हौसला दिइरहेको भिडियो अहिले भारतीय समाजिक सञ्जाल प्रयोगकर्तामाझ भाइरल भइरहेको छ ।
भारतको चन्द्रयान अभियानको महत्वपूर्ण चरण आज विहान पुरा हुँदैथियो । चन्द्रयान–२ अन्तर्गतको ‘विक्रम’ नाम दिइएको ल्याण्डर चन्द्रमाको सतमा अवतरण गर्नुपर्ने थियो । तर, सतहभन्दा दूई किमीमाथि रहदाँ विक्रमसँग सम्पर्क टुट्यो ।

#WATCH PM Narendra Modi hugged and consoled ISRO Chief K Sivan after he(Sivan) broke down. #Chandrayaan2 pic.twitter.com/bytNChtqNK
— ANI (@ANI) September 7, 2019
Related

अन्य समाचार
काठमाडौँ – अमेरिका र इरान बीचको वार्ता निष्कर्षबिना टुङ्गिएपछि विश्व ऊर्जा बजारमा ठूलो प्रभाव परेको छ। विशेषगरी कच्चा तेलको मूल्य तीव्र रूपमा बढेर प्रतिब्यारेल १०० डलर नाघेको छ, जसले वैश्विक अर्थतन्त्रमा नयाँ दबाब सिर्जना गरेको छ। अमेरिकी राष्ट्रपति Donald Trump ले इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने घोषणा गरेपछि बजारमा झनै अस्थिरता देखिएको हो। यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय तेल सूचकहरूमा परेको छ— Brent Crude को मूल्य ८.५% बढेर १०२.३७ डलर पुगेको West Texas Intermediate (WTI) ९% बढेर १०५.३४ डलर पुगेको यसअघि Washington D.C. र Tehran बीच दुई साताको ससर्त युद्धविराम र रणनीतिक रूपमा महत्त्वपूर्ण Strait of Hormuz खोल्ने सहमति भएपछि मूल्य घटेको थियो। तर वार्ता असफल भएपछि ऊर्जा आपूर्ति संकटको जोखिम पुनः बढेको छ। Strait of Hormuz विश्वको करिब २०% तेल ढुवानी हुने प्रमुख समुद्री मार्ग हो। यहाँ तनाव बढ्दा विश्वव्यापी इन्धन आपूर्ति सीधै प्रभावित हुन्छ। यसको असर केवल ऊर्जा क्षेत्रमा मात्र सीमित छैन— भारत र मलेसिया जस्ता मुलुकहरूले वैकल्पिक सुरक्षित मार्ग खोजिरहेका छन् एसियाली सेयर बजारमा गिरावट देखिएको छ ऊर्जा लागत बढ्दा महँगी (inflation) अझ बढ्ने संकेत देखिएको छ समग्रमा, यो घटनाले विश्व अर्थतन्त्रमा अनिश्चितता बढाएको छ र आगामी दिनमा तेल आपूर्ति, मूल्य स्थिरता र भू–राजनीतिक तनाव कसरी विकसित हुन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।
‘निर्वाचनसँगै रेडक्रस सोसाइटी लयमा फर्किन अपेक्षा’
राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो आर्थिक गणनाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।






