हामीसँग जोडिनुहोस

आजतकले राजेश हमाललाई भन्यो नेपाली अमिताभ बच्चन

1 मिनेट

२१ भाद्र २०७६ । भारतीय संचार माध्यम आजतकले राजेश हमाललाई नेपाली सिनेमाका अमिताभ बच्चनको संज्ञा दिएको छ । सोमबार प्रकाशित एक समाचारमा आजतकले लेखेको छ, ‘५५ वर्षको उमेरमा राजेशको चर्चा नेपालमा त्यस्तै छ जस्तो भारतमा अमिताभ र शाहरुखजस्ता सेलिब्रिटीको छ ।’
नेपालका महानायकबारे केही रोचक तथ्यबारे जानकारी लिऔं भन्दै आजतकले उक्त समाचार प्रकाशित गरेको हो ।
उक्त समाचारमा राजेशले अभिनयमा आउनका लागि परिवारको निकै विरोध सहनु परेको पनि बताइएको छ । यसमा उनीद्वारा अभिनित फिल्मबारे पनि जानकारी दिइएको छ । साथै, यसमा राजेशले पिताको अन्तिम संस्कारमा कपाल नकाट्नुलाई उनको कपाल प्रतिको मोहको संज्ञा दिएको छ ।

उनी ‘को बन्छ करोडपती’ का उद्घोषक हुन् भनेर पनि त्यसमा जानकारी दिइएको छ । यसमा राजेशकी श्रीमतीबारे पनि जानकारी दिइँदै भनिएको छ, ‘राजेशले आफूभन्दा २२ वर्ष कान्छी मधु भट्टराइसँग विवाह गरेका छन् ।’ यी दुईको लभस्टोरीलाई निकै रोचक पनि बताएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।