हामीसँग जोडिनुहोस

अष्ट्रेलियाविरुद्धको चौथो टेस्ट जित्न इंग्ल्यान्डलाई अन्तिम दिन ३६५ रन चाहिने

1 मिनेट

२२ भाद्र २०७६ ।  अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा नाटकीय जित हात पारेको इंग्ल्यान्डका लागि चौथो टेस्टको अन्तिम दिनमा पनि त्यस्तै खेल आवश्यक पर्ने देखिएको छ । तेस्रो टेस्टमा बेन स्टोक्सले आक्रामक शतक प्रहार गरेपछि इंग्ल्यान्ड १ विकेटले विजयी भएको थियो । चौथो टेस्टमा पनि जित हात पार्न इंग्ल्यान्डका लागि अन्तिम दिन आज ३ सय ६५ रन बनाउनुपर्नेछ र उसको ८ विकेट बाँकी छ ।
खेलको दोस्रो पारीमा अष्ट्रेलियाले ६ विकेटको क्षतिमा १ सय ८६ रन बनाएर पारी घोषित गरेपछि इंग्ल्यान्डले जितका लागि ३ सय ८३ रनको लक्ष्य पाएको थियो। तर, चौथो दिनमा नै आफ्नो दोस्रो पारी सुरु गरेको इंग्ल्यान्ड सम्हालिन सकेन । ७ ओभरमा १८ रनको स्थितिमा उसले २ विकेट गुमाएको थियो। इंग्ल्यान्डका रोरी बर्न्स तेस्रो बलमै समातिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान जोए रुट बोल्ड हुँदै पेवेलियन फर्किए । रुट गोल्डन डकआउट हुँदा बर्न्सले पनि खाता खोल्न सकेनन्। यी दुवैलाई प्याट क्युमिन्सले आउट गराएका थिए।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।