
मोबाइल उत्पादक कम्पनी सामसुङले सामसुङको ग्यालेक्सी ए२०एस स्मार्टफोन सार्वजनिक गरेको छ।
अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरेर सार्वजनिक सामसुङ ग्यालेक्सी ए२०एसमा नवीनतम् विशेषताहरु थपिएको छ। स्मार्टफोनको ए सिरिजकै निरन्तरा स्वरुप सामसुङ ग्यालेक्सी ए२०एस ल्याइएको हो।
अहिले अन्तर्राष्ट्रिय बजारमा सामसुङ ग्यालेक्सी ए२०एसको मूल्य तोकिएको छैन। सामसुङ ग्यालेक्सी ए२०एस ग्लसी फिनिसिङका साथ निलो, कालो, हरियो र रातो रङ्गमा उपलब्ध छ।
डुअल सिम सपोर्ट गर्ने सामसुङ ग्यालेक्सी ए२०एस एड्रोएड स्मार्टफोनमा ६ दशमलव ५ एचडी इनफिनिटी–भी डिस्प्ले राखिएको छ।
यो स्मार्टफोनमा ३ जिबी र्याम र ३२ जिबी स्टोरेज दिइएको छ। इन्टरनल मेमोरी कार्डको सहयोगमा ५ सय १२ जिबीसम्म बढाउन सकिन्छ।
ट्रिपल क्यामेरा सेटअप गरिएको सामसुङको ग्यालेक्सी ए२०एसमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सल अल्ट्रावाइड एन्गल क्यामेरा र ५ मेगापिक्सल डेप्थ क्यामेरा समावेश गरिएको छ। फिंगरप्रिन्ट सेन्सरका साथमा ब्याट्री चार हजार एमएएचको रहने छ।