हामीसँग जोडिनुहोस

अन्तिम खेल सिंगापुरसँग खेल्दै नेपाल

1 मिनेट

१५ असोज २०७६

काठमाडौं । सिंगापुरमा चलिरहेको त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोली आज अन्तिममा खेलमा घरेलु टोलीसँग खेल्दैछ । दोस्रो जितको लक्ष्यसहित नेपाली टोली सिंगापुरविरुद्ध खेल्न लागेको हो । सिंगापुरस्थित इन्डियन एसोसिएसनको मैदानमा खेल आज बेलुका सवा ५ बजे सुरु हुनेछ ।

लगातार दुई पटक टेष्ट राष्ट्र जिम्बाब्वेलाई हराउने अवसरबाट वञ्चित नेपाल आज सिंगापुरमाथिको जितको लय कायम राख्ने योजनामा छ । नेपालले यसअघि सिंगापुरमाथि ९ विकेटको जित निकालेको थियो ।

जिम्बाब्वेसँग भने नेपालले सम्झनलायक प्रदर्शन गर्न सकेन । पहिलो खेलमा ५ विकेटले पराजित नेपाल हिजो भएको अर्को खेलमा ४० रनले पराजित भएको थियो ।

युवा खेलाडीको परीक्षाको रुपमा रहेको यस प्रतियोगितामा डेब्यु गरेका खेलाडीले गतिलो प्रदर्शन गर्न सकेका छैनन् । कप्तान पारस खड्काले यसअघि इशान पाण्डे र कुशल मल्ललाई खेलाइसकेका छन् ।

पवन सराफ पाण्डेलाई स्थानान्तरण गर्दै हिजो टोलीमा समावेश भएका थिए । तर ओपनिङमा आएका सराफले पनि केही गर्न सकेनन् । त्यहि भएर कप्तान पारसले आज टोलीमा फेरबदल गर्ने सम्भावना छ ।

सिरिजको फाइनलमा शीर्ष दुई टोली खेल्ने भएका कारण नेपाल आज जित्नैपर्ने दबाबमा छ । जिम्बाब्वे ३ मध्ये २ खेलमा जितसहित ४ अंकका साथ शीर्षस्थानमा छ । समान अंक भए पनि रनरेटका आधारमा नेपाल दोस्रो स्थानमा रहँदा सिंगापुर पुछारमा छ ।

सिंगापुरको टि–ट्वान्टी सिरिजपछि नेपाली क्रिकेट टोली ओमानमा हुने पाँच राष्ट्र सहभागि टि–ट्वान्टी सिरिज खेल्न जानेछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।