
प्यान नम्बरको लागि प्रकृया
यसका लागी कुनै झनझट नै छैन ।

१) सर्ब प्रथम ird.gov.np मा गएर Tax Payer Portal मा जानुस् => त्यसमा Registration (PAN,VAT,EXCISE) मा गएर Application for Registration मा जानुस् => त्यसमा रहेकाे Username, Password, Number, Email ID राखेर, PAN मा टिक लगाएर IRO/LTO भित्र IRO Name मा आफुलाई जुन ठाउं सजिलाे लाग्छ त्यही ठाउं छान्नुस र समिट गर्नुस् । आफ्नै जिल्ला बाट लिएकाे राम्राे हाे तर अरु ठाउंबाट पनि मिल्छ। जस्तै मेराे काभ्रे हाे तर मैले भक्तपुर कार्यालयबाट याे कार्ड लिएकाे हुं ।
२) यसपछि तपाईलाई submission number दिईनेछ। त्यसलाई कपि गरेर वा टिपाेट गरेर राख्नुस्। अब Registration login मा गएर साेही समिसन नं अनि username ..password राखी login गर्नुस र त्यहां भने बमाेजीम सबैकुरा राखेर समिट गर्नुस् । (त्यस भित्र नेपाली टाईप गर्न type nepali site वा Nepali Unicode Converter प्रयाेग गर्नुस् । साथै फाेटाेकाे साईज मिलाउन MS Paint/फाेटाेसव प्रयाेग गर्नुस् ) => सबैकुरा मिले पछि समिट गर्नुस् र तपाईकाे सबै विवरण एउटा फर्म बनेर अाउनेछ। त्यसलाई print थिचेर pdf मा save गर्नुस्। => साे फर्म प्रिन्ट गरेर तपाईले छानेकाे कार्यलय जानुस् । कतिलाई आन्तरिक राजस्व कार्यालय कहां छ भन्ने नै थाहा नहाेला..google map मा खाेज्नुस् है।
३) र त्याे फर्म लगी (अरु केही कुरा लानु पर्दैन, तही पनि नागरीकता र एउटा फाेटाे व्याकपकाेलागी लग्नुहाेला) कर्मचारीले भने बमाेजी गर्नुस्.. धेरै लाईन नभए आधा घण्टामा सकिन्छ । यसकालागी कुनै पैसा लाग्दैन है ।। बधाई छ तपाईकाे प्यान दर्ता सफल भएकाे छ। र तपाईले ४००-५०० पनि बचाउनु भाे.. यति अनलाईनमा काम गरे वापत त्याे कार्यलय नजिक बसेका सेन्टरहरुले ४-५ सय लिने गर्छन् । अनलाईनमा अनेक कुरा गर्ने हामी, यति कुरा आफै गर्न सक्छाै हाेला नि है ।
Related

अन्य समाचार
काठमाडौँ – अमेरिका र इरान बीचको वार्ता निष्कर्षबिना टुङ्गिएपछि विश्व ऊर्जा बजारमा ठूलो प्रभाव परेको छ। विशेषगरी कच्चा तेलको मूल्य तीव्र रूपमा बढेर प्रतिब्यारेल १०० डलर नाघेको छ, जसले वैश्विक अर्थतन्त्रमा नयाँ दबाब सिर्जना गरेको छ। अमेरिकी राष्ट्रपति Donald Trump ले इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने घोषणा गरेपछि बजारमा झनै अस्थिरता देखिएको हो। यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय तेल सूचकहरूमा परेको छ— Brent Crude को मूल्य ८.५% बढेर १०२.३७ डलर पुगेको West Texas Intermediate (WTI) ९% बढेर १०५.३४ डलर पुगेको यसअघि Washington D.C. र Tehran बीच दुई साताको ससर्त युद्धविराम र रणनीतिक रूपमा महत्त्वपूर्ण Strait of Hormuz खोल्ने सहमति भएपछि मूल्य घटेको थियो। तर वार्ता असफल भएपछि ऊर्जा आपूर्ति संकटको जोखिम पुनः बढेको छ। Strait of Hormuz विश्वको करिब २०% तेल ढुवानी हुने प्रमुख समुद्री मार्ग हो। यहाँ तनाव बढ्दा विश्वव्यापी इन्धन आपूर्ति सीधै प्रभावित हुन्छ। यसको असर केवल ऊर्जा क्षेत्रमा मात्र सीमित छैन— भारत र मलेसिया जस्ता मुलुकहरूले वैकल्पिक सुरक्षित मार्ग खोजिरहेका छन् एसियाली सेयर बजारमा गिरावट देखिएको छ ऊर्जा लागत बढ्दा महँगी (inflation) अझ बढ्ने संकेत देखिएको छ समग्रमा, यो घटनाले विश्व अर्थतन्त्रमा अनिश्चितता बढाएको छ र आगामी दिनमा तेल आपूर्ति, मूल्य स्थिरता र भू–राजनीतिक तनाव कसरी विकसित हुन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।
‘निर्वाचनसँगै रेडक्रस सोसाइटी लयमा फर्किन अपेक्षा’
राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो आर्थिक गणनाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।






