हामीसँग जोडिनुहोस

प्यान नम्बर अनलाइनबाट सजिलै कसरी लिने ?

1 मिनेट

प्यान नम्बरको लागि प्रकृया

यसका लागी कुनै झनझट नै छैन ।

१) सर्ब प्रथम ird.gov.np मा गएर Tax Payer Portal मा जानुस् => त्यसमा Registration (PAN,VAT,EXCISE) मा गएर Application for Registration मा जानुस् => त्यसमा रहेकाे Username, Password, Number, Email ID राखेर, PAN मा टिक लगाएर IRO/LTO भित्र IRO Name मा आफुलाई जुन ठाउं सजिलाे लाग्छ त्यही ठाउं छान्नुस र समिट गर्नुस् । आफ्नै जिल्ला बाट लिएकाे राम्राे हाे तर अरु ठाउंबाट पनि मिल्छ। जस्तै मेराे काभ्रे हाे तर मैले भक्तपुर कार्यालयबाट याे कार्ड लिएकाे हुं ।

२)  यसपछि तपाईलाई submission number दिईनेछ। त्यसलाई कपि गरेर वा टिपाेट गरेर राख्नुस्। अब Registration login मा गएर साेही समिसन नं अनि username ..password राखी login गर्नुस र त्यहां भने बमाेजीम सबैकुरा राखेर समिट गर्नुस् । (त्यस भित्र नेपाली टाईप गर्न type nepali site वा Nepali Unicode Converter प्रयाेग गर्नुस् । साथै फाेटाेकाे साईज मिलाउन MS Paint/फाेटाेसव प्रयाेग गर्नुस् ) => सबैकुरा मिले पछि समिट गर्नुस् र तपाईकाे सबै विवरण एउटा फर्म बनेर अाउनेछ। त्यसलाई print थिचेर pdf मा save गर्नुस्। => साे फर्म प्रिन्ट गरेर तपाईले छानेकाे कार्यलय जानुस् । कतिलाई आन्तरिक राजस्व कार्यालय कहां छ भन्ने नै थाहा नहाेला..google map मा खाेज्नुस् है।

३)  र त्याे फर्म लगी (अरु केही कुरा लानु पर्दैन, तही पनि नागरीकता र एउटा फाेटाे व्याकपकाेलागी लग्नुहाेला) कर्मचारीले भने बमाेजी गर्नुस्.. धेरै लाईन नभए आधा घण्टामा सकिन्छ । यसकालागी कुनै पैसा लाग्दैन है ।। बधाई छ तपाईकाे प्यान दर्ता सफल भएकाे छ। र तपाईले ४००-५०० पनि बचाउनु भाे.. यति अनलाईनमा काम गरे वापत त्याे कार्यलय नजिक बसेका सेन्टरहरुले ४-५ सय लिने गर्छन् । अनलाईनमा अनेक कुरा गर्ने हामी, यति कुरा आफै गर्न सक्छाै हाेला नि है ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।