हामीसँग जोडिनुहोस

ह्वाट्सएपमा अब ग्यालरीमा तस्वीर आफैं सेभ नहुने

1 मिनेट

काठमाडौं, २७ चैत्र ।
मेटा कम्पनीको स्वामित्व भएको मेसेजिङ एप ह्वाट्सएपले एक नयाँ अपडेट जारी गरेको छ । ह्वाट्सएपको उक्त नयाँ अपडेटसँगै अब फोटो तथा भिडियो डाउनलोड भएसँगै स्मार्टफोनको ग्यालरी वा क्यामरा रोलमा सेभ हुने छैनन् । यद्यपि यो फिचर सबै खाले मिडिया फाइलका लागि नभएर डिसएपियरिङ मेसेजका लागि मात्र रहेको छ । अब यदि कसैले तपाईंलाई डिसएपियरिङ फिचरका साथ कुनै फोटो तथा भिडियोयुक्त मेसेज पठायो भने त्यो डाउनलोड भएसँगै आफैं ग्यालरीमा गएर बस्नेछैन । यसलाई तपाईं आफैले सेभ गरेपछि मात्र ग्यालरीमा देखापर्नेछ । ह्वाट्सएपले एक नयाँ इडिटिङ टूल पनि ल्याउने तयारी गरिरहेको छ जुन आइओएस बिटा भर्सनमा देखिएको छ । मिडिया फाइलहरू ग्यालरीमा आफै सेभ नहुने फिचर पनि बिटा भर्सनमा देखिएको छ । नयाँ फिचरलाई ःभमष्ब खष्कष्दष्ष्तिथ नाम दिइएको छ । स्मरण रहोस् ह्वाट्सएपमा मेसेज डिसएपियरिङ फिचर सेटिंग गर्नका लागि २४ घण्टा, ७ दिन तथा ९० दिनको विकल्प रहेको छ । यसरी सेट गरेसँगै ह्वाट्सएपमा आउने मेसेज, फोटो तथा भिडियोहरू २४ घण्टा, ७ दिन तथा ९० दिनमा आफै डिलिट हुनेछन् ।
त्यस्तै एक अर्को खबर अनुसार ह्वाट्सएपले फोन नम्बर सेभ नगरिकनै पनि मेसेज पठाउन सकिने फिचर पनि परीक्षण गरिरहेको छ । ह्वाट्सएप एन्ड्रोइडको बिटा भर्सन २।२२।८।११ मा यो नया फिचर देखिएको छ । नयाँ अपडेटसँगै च्याटमा प्राप्त हुने कुनै नयाँ नम्बरमा ट्याप गरेर सिधै उसलाई मेसेज पठाउन सकिनेछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।