हामीसँग जोडिनुहोस

हतारमा बक्सिङ खेलाडीको छनोट ः एसियन गेम्स

1 मिनेट

काठमाडौँ,८ वैशाख ।
१९ औं एसियाली खेलकुदमा पदक सम्भावित खेल हो बक्सिङ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागका तीन स्वर्ण जितेको बक्सिङलाई पदक सम्भावित खेलका रुपमा हेरिएको छ । तर, यसै खेलका लागि भने जम्मा तीन दिन छनोटका लागि राखिएको छ । छनोटको सहभागिता जनाउने खेलाडीहरु अहिले राष्ट्रिय बक्सिङ प्रतियोगितामा छन् ।
त्यस लगत्तै नेपाल बक्सिङ संघ यही वैशाख १२ देखि १५ गतेसम्म छनोट प्रतियोगिता आयोजना गर्ने योजनामा छ । त्यसका लागि संघले संघमा आबद्ध सम्पूर्ण जिल्ला संघ र क्लबहरुलाई छनोटमा सहभागी हुन आग्रह गरेको छ ।
एसियाली खेलकुदका लागि दुुई साताभित्र सहभागिता जनाउनुपर्ने बाध्यता भएका कारण आफूहरु छनोटमा हतार गरेको संघका अध्यक्ष राम अवालेले जानकारी दिनुभयो । एजेन्सी ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।