१७ साउन, सिड्नी । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस र नेपाली टच बीच सहमति भए सँगै अष्ट्रेलियाको सिड्नीमा ‘एक्सपर्ट एजुकेशन नेपथ्य लाइभ इन सिड्नी २०१९’ हुने भएको छ । सहमतिअनुसार एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले कार्यक्रमको प्रायोजन गर्नेछ । यसअघि टच नेपाल र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसको सहकार्यमा ‘नेपाल आइडल सिजन २ लाइन इन सिड्नी’ कार्यक्रम आयोजना गरिएको थियो ।