हामीसँग जोडिनुहोस

गीतकार सुबास चन्द्र ढुंगेलको सन्देशमुलक गीत “ कालो धन कमाएर किनेको त्यो नौं गेडी” सार्वजनिक हुने तयारीमा

1 मिनेट

काठमाडौं, २५ साउन ।
गीतकार सुबास चन्द्र ढुंगेल द्बारा लिखित सन्देशमुलक गीत “ कालो धन कमाएर किनेको त्यो नौं गेडीले “ को छायाँकन सकिएको छ । नेपाली जनचेतना एवं मनोरंजन युक्त यस नारी गीतलाई गायिका बुनु श्रेष्ठ र रितु कडेलले स्बर दिनु भएको छ भने गायक बिनोद राज ढुंगेलले संगीत भर्नु भएको छ । यस गीतको एरेन्ज नारायण दंगालको रहेको छ । गीत साउण्डमिल स्टुडियोमा महेश्बरमान राज भण्डारीले रेकर्ड एबं मास्टरिंग गर्नु भएको हो । यस गीतको भिंडियों निर्देशन गम्भिर विष्टले गर्नु भएको छ भने मोडेलमा सुरेन्द्र बस्याल र पुनम श्रेष्ठ रहनुभएको छ । यो गित एकदमै समय सान्र्दर्भिक र सन्देशमुलक रहेको दाबि गायककार तथा संगितकार बिनोदराज ढुंगेलको रहेको छ । यस्तै यस गितले बर्तमान नेपाली समाजको यर्थाथ चित्रण गरेको र नारीको भुमिकालाई लिएर समाजमा ब्याप्त नकारात्मकतालाई चिर्दै सभ्य समाज निमार्णलाई प्रोत्साहन गर्नेमा बिश्वस्त रहेको ढुंगेलले बताउनुभएको छ । यो गित छिट्टै बनारमा आउने र सबैको माया पाउन सफल हुने दबि समेत उहाँले गर्नुभएको छ । यस्तै ढुंगेलले यस गितलाई हेरेर सल्लाह र सुझाव दिनपनि आग्रह गर्नुभएको छ । बिनोदराज ढुंगेल लामो समयदेखी रेडियो हिमालयनमा “साहित्य र सञ्चार” नामक साहित्यिक कार्यक्रम पनि सञ्चालन गर्दै आउनुभएको छ ।

naikap mahotsab

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।