हामीसँग जोडिनुहोस

सामसुङ इलेक्ट्रोनिक्सको पट्याउन मिल्ने फोन आजदेखि विक्रीका लागि उपलब्ध

1 मिनेट

२० भाद्र २०७६ । कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको पट्याउन मिल्ने फोन आजदेखि विक्रीका लागि उपलब्ध हुने भएको छ । कम्पनीले घरेलु बजारका साथै अमेरिका, बेलायत र सिंगापुरलगायतका देशमा ग्यालेक्सी फोल्ड उपलब्ध गराउन लागेको हो ।
कम्पनीले करीब २ हजार डलर पर्ने सो फोन जुलाईमा नै लञ्च गरेको थियो । तर स्क्रिन फुट्ने समस्या देखिएपछि कम्पनीले फोनको विक्री पछाडि सारेको थियो । सामसुङले जुलाईमा नै फोनमा देखिएको समस्या सुधारेको र सेप्टेम्बरमा विक्री शुरु गर्ने बताएको थियो ।
पछिल्लो समय स्मार्टफोन बजार सुस्ताउन थालेको छ । अमेरिका–चीनबीचको व्यापार युद्धले पनि उद्योग स्मार्टफोन मारमा परेको छ । सामसुङले चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनीहरु हुवावेई, साओमी लगायत अन्य कम्पनीबाट तीव्र प्रतिस्पर्धाको सामना गरिरहेको छ ।
यो वर्षको शुरुमा साओमीले ट्याबलेटको रुपमा समेत चलाउन सकिने पट्याउन मिल्ने फोनको नमूना सार्वजनिक गरेको थियो । एजेन्सी

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।