हामीसँग जोडिनुहोस

सञ्चार मन्त्रालयद्वारा ७ अर्ब ६० करोडभन्दा बढी राजश्व संकलन

1 मिनेट

काठमाडौं, ०७ भाद्र ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अघिल्लो आर्थिक वर्ष २०७८र०७९ मा ७ अर्ब ६० करोड रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको जनाएको छ । आज सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालय र सम्वद्ध निकायहरूबाट आर्थिक वर्ष २०७८र०७९ मा सम्पादन भएका प्रमुख उपलब्धीहरुको सार्वजनिक गर्दै सो कुराको जानकारी दिनुभएको हो । उहाँले मन्त्रालय र अन्तर्गतका निकायहरूबाट आर्थिक वर्ष २०७८र०७९ मा कुल राजश्व ७ अर्ब ६० करोड ७२ लाख ५३ हजार रुपैयाँ संकलन भएको बताउनुभयो । उहाँले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको खुद नाफा ८ अर्ब ३८ करोड रुपैयाँ रहेको पनि उल्लेख गर्नुभयो । मन्त्री कार्कीले आ.व. २०७८र०७९ मा कुल बजेटको ८०.६१ प्रतिशत खर्च भएको पनि जानकारी दिनुभयो । मन्त्री कार्कीले सूचना तथा प्रशारण विभागबाट प्रदान गरिने कार्यहरु पूर्ण रुपमा अनलाइनमार्फत प्रवाह हुने व्यवस्था मिलाइएको पनि बताउनुभयो । चलचित्र क्षेत्रलाई गतिशील बनाउन सिनेमा, स्टोरी बैंक, सातै प्रदेशमा छायांकन स्थल र विकास लगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ । मन्त्री कार्कीले ७३५ स्थानीय तहमा फोरजी सेवा बिस्तार भएको र हालसम्म १२ हजार २२४ कि.मि. अप्टिकल फाइबर बिस्तार गरिएको पनि बताउनुभयो । उहाँले कुल जनसंख्याको ९१ प्रतिशतमा रेडियो नेपालको पहुँच र ७२ प्रतिशतमा टेलिभिजनको पहुँच पुगेको बताउनुभएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।