
काठमाडौं, ३० भाद्र ।
नेपाल दूरसञ्चार प्राधिकरणको लामो प्रयासपछि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू भएको छ । प्राधिकरणले लामो प्रयासपछि मोबाइल सेटहरूमा एमडीएमएस सुरु गरेको हो। नेपालमा चोरी पैठारी तथा अवैध रुपमा भित्रिने मोबाइल सेटहरूको आयात रोक्ने उद्देश्यका साथ प्राधिकरणले यो प्रणाली कार्यान्वयनमा ल्याएको हो। मोबाइल सेटको गैरकानूनी आयात,बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङरब्लकिङ गरी नेपाल भित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न नेपाल दूरसञ्चार प्राधिकरणबाट एमडीएमएस प्रणाली लागू गरिएको जनाएको छ। भदौँ ३० गतेसम्म विदेशबाट व्यक्तिगत तवरले ल्याइएका मोबाइल सेट लगायत आजको मितिसम्म चालु रहेका सबै मोबाइल सेटहरु स्वतः एमडीएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाइएको पनि प्राधिकरणले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ। भदौँ ३० पश्चात मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भएरनभएको एकिन गरी मात्र खरिद समेत सूचित गरको छ। साथै, मोबाइल आयातकर्तारबिक्रेताहरुले मोबाइल आयात गर्नुअघि अनिवार्य रुपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइलमात्र बिक्री वितरण गर्न प्राधिकरणले अनुरोध गरेको छ।