
१७ भाद्र २०७६ । श्विक स्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले समस्त नेपालीहरुको महान चाड बडा दशैँको शुभ अवसरमा ‘बडा दशैँ’ एसएमएस क्याम्पेन, विशेष उपहार योजनाको घोषणा गरेको छ । उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर फोनको आईएमईआई एसएमएस गरी योजनामा सहभागिता जनाई विभिन्न उपहार जित्ने अवसर प्राप्त गर्नेछन् ।

‘वैश्विक कम्पनीका रुपमा ओपोले सधैँ नै स्थानियकरणमा विश्वास गर्दै आइरहेको छ । नेपाल हाम्रालागि विशेष प्राथमिकता बोकेको बजार हो । यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादगी वास्तवमै प्रेरणादायी छ । स्थानिय महान चाड बडा दशैँ, आदर्णिय उपभोक्तासंग खुशी साट्दै
मनाउने सोचका साथ हामीले ‘बडा दशैँ’ एसएमएस क्याम्पेनको घोषणा गरेका छौँ ।’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।क्याम्पेन अवधिभर कुनैपनि ओपो फोनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन् । सहभागिताका लागि उपभोक्ताले ओपो ≤स्पेस≥ आईएमईआई उल्लेख गरी ३३००१ नम्बरमा एसएमएस पठाउनु पर्ने हुन्छ । यसरी प्राप्त एसएमएस मार्फत हरेक हप्ता २ जना भाग्यशाली विजेताको छनोट गरिनेछ । छनोटमा परेका मध्य एकले, बाली वा बाकु (निर्धारित हप्ता र पुरस्कारका आधारमा) भ्रमण जित्न सक्नेछन् । त्यसैगरी, अर्का विजेताले दशैँमा घर जान र फर्किन लाग्ने सवारी साधनको भाडा खर्च जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
उपहार योजना अवधिभर, लगातार ५ हप्तासम्म, हरेक हप्ताको अन्त्यमा एउटा लक्कि ड्रको आयोजना गरिने छ । लक्कि ड्रका विजेताको घोषणा क्रमशः सेप्टेम्बर ७, १४, २१, २८ र अक्टोबर ५ मा गरिनेछ । क्याम्पेन अवधिभर, लक्कि ड्रमा विजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतः अर्को लक्कि ड्रका लागि सहभागिताको अवसर प्रदान गरिनेछ । तसर्थ, एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्कि ड्रसम्म जित हात पार्ने अवसर प्राप्त गर्नेछन् । सेप्टेम्बर १देखि सञ्चालनमा ल्याइएको उक्त उपहार योजना अक्टोबर ४, २०१९ सम्म निरन्तर चल्नेछ ।
Related

अन्य समाचार
प्रेस स्वतन्त्रता दिवसमा महासङ्घद्वारा ऐक्यबद्धता पदयात्रा
काठमाडौंमा गैरीगाउँ सुकुम्बासी बस्ती हटाउन सुरु
काठमाडौँ – अमेरिका र इरान बीचको वार्ता निष्कर्षबिना टुङ्गिएपछि विश्व ऊर्जा बजारमा ठूलो प्रभाव परेको छ। विशेषगरी कच्चा तेलको मूल्य तीव्र रूपमा बढेर प्रतिब्यारेल १०० डलर नाघेको छ, जसले वैश्विक अर्थतन्त्रमा नयाँ दबाब सिर्जना गरेको छ। अमेरिकी राष्ट्रपति Donald Trump ले इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने घोषणा गरेपछि बजारमा झनै अस्थिरता देखिएको हो। यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय तेल सूचकहरूमा परेको छ— Brent Crude को मूल्य ८.५% बढेर १०२.३७ डलर पुगेको West Texas Intermediate (WTI) ९% बढेर १०५.३४ डलर पुगेको यसअघि Washington D.C. र Tehran बीच दुई साताको ससर्त युद्धविराम र रणनीतिक रूपमा महत्त्वपूर्ण Strait of Hormuz खोल्ने सहमति भएपछि मूल्य घटेको थियो। तर वार्ता असफल भएपछि ऊर्जा आपूर्ति संकटको जोखिम पुनः बढेको छ। Strait of Hormuz विश्वको करिब २०% तेल ढुवानी हुने प्रमुख समुद्री मार्ग हो। यहाँ तनाव बढ्दा विश्वव्यापी इन्धन आपूर्ति सीधै प्रभावित हुन्छ। यसको असर केवल ऊर्जा क्षेत्रमा मात्र सीमित छैन— भारत र मलेसिया जस्ता मुलुकहरूले वैकल्पिक सुरक्षित मार्ग खोजिरहेका छन् एसियाली सेयर बजारमा गिरावट देखिएको छ ऊर्जा लागत बढ्दा महँगी (inflation) अझ बढ्ने संकेत देखिएको छ समग्रमा, यो घटनाले विश्व अर्थतन्त्रमा अनिश्चितता बढाएको छ र आगामी दिनमा तेल आपूर्ति, मूल्य स्थिरता र भू–राजनीतिक तनाव कसरी विकसित हुन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।






